आज फेरि सुन तोलामा ३ सय रुपैयाँ वृद्धि

काठमाडौं ।  सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ । आज बिहीबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार सात सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस अघि बुधबार सुनको मूल्य एक लाख ६० हजार चार सय रुपैयाँ  थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर