दुर्गा प्रसाईं थप ५ दिन हिरासतमा रहने

काठमाडौं ।  जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनी गत आइतबार विद्युतीय अपराध कसुरमा पक्राउ परेका थिए । यसअघि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएकोमा आज पुनः म्याद थप गरिएको छ । प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर