जिबी राईसहित १७ जना प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता

काठमाडौं । चितवन जिल्ला अदालतमा साहारा बहुउद्देश्यीय सहकारी संस्था चितवनमा भएको बचत रकम अपचलनबारे मुद्दा दर्ता भएको छ । गोरखा सहकारीलगायत थुप्रै सहकारी ठगीमा मुछिएका जिबी राईसहित १७ जना प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो ।

प्रतिवादीमा सोही सहकारीका संस्थापक अध्यक्ष जीबी राईका अतिरिक्त सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन् । मुद्दामा ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकालिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर