संविधानविपरीत न्यायाधीश नियुक्ति गरे बारले वहिष्कार गर्ने चेतावनी

काठमाडौं ।  न्यायपरिषद्ले संविधानविपरीत न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै नेपाल बार एसोसिएसनले बुधबार पनि विरोध प्रदर्शन गरेको छ। नेपाल बारले नेपालको संविधानको धारा १४१ को (१) र (३) को विपरीत हुनेगरी बिदाई हुने बेलामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको न्यायपरिषद्ले न्यायाधीश नियुक्तिको सिफारिसका लागि बैठक बोलाउने निर्णय गरेको भन्दै त्यसको विरोधमा बाध्य भएर खबरदारी सभा लगायतका विरोधको कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराएको हो।

यसअघि पनि बारले न्याय परिषद्को बैठकमा धर्ना दिएपछि ती समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन गरिएको थियो। तर सो कार्यदलमा समेत कुनै कुरा नराखिकन न्यायपरिषद्को बैठकबाट न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने असंवैधानिक कदम अघि बढाउने प्रयास गरेपछि बाध्य भएर निरन्तर रूपमा धर्ना लगायतका विरोध प्रदर्शनका कार्यक्रम अघि बढाउने निर्णय लिनुपरेको बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए। उनले संविधान विपरीत सो परिषद्ले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरे आफूहरूले बहिष्कार गर्ने चेतावनी समेत दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर