तोलामा ७ सय रुपैयाँ वृद्धि : सुनको मूल्यमा पुनः नयाँ रेकर्ड

काठमाडौं । आज बुधबार पनि सुनको मूल्य बढेर पुनः नयाँ रेकर्ड कायम भएको छ। हिजो मंगलबारको तुलनामा सुन प्रतितोला ७ सय वृद्धि भएर एक लाख ६० हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज बुधबार चाँदी प्रतितोला १९ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर