देशभरका नदीमा भोलि र पर्सि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान

unn.prixa.net

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले भोलि र पर्सि देशभरका नदीमा पानीको बहाव उल्लेख्य बढ्ने जनाएको छ । महाशाखाका अनुसार नारायणी, बाग्मती, कमला, कन्काई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गरिएको छ ।

यस्तै भोलि र पर्सि कोशी, मधेश, बाग्मती र कर्णाली  प्रदेशमा आकस्मिक बहावको मध्यम जोखिम रहेको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा भने आकस्मिक बहावको उच्च जोखिम रहने पूर्वानुमान रहेकोले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर