सहकारीबाट आएको पैसाको परिचालनमा जिम्मेवारी लिने रविको स्वीकारोक्ति

(यही अनुहारमा रवि लामिछाने फेसबुक लाइभमा देखिएका थिए )

काठमाडौं  ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडियामा सहकारीबाट आएको पैसाको परिचालनमा आफूले जिम्मेवारी लिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आज मंगलबार प्रत्यक्ष सम्पर्कमा आएका लामिछानेले संसदीय समितिको प्रतिवेदनले आफूलाई सहकारी ठगीमा संलग्नता नदेखाएको पुनः जिकिर गरे ।

‘समितिले भन्यो सहकारी ठगीमा मेरो संलग्नता रहेन । म संस्थामा रहेको बेला पैसा आएको कुराको जिम्मेवारी लिनुपर्छ । म त्यो जिम्मेवारीबाट भागेको छैन’, उनले भने ।

आफूमाथि सरकारले कुन मुद्दा लगाउन सकिन्छ भनेर चलखेल भइरहेको उनले बताए । सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि नभए राजनीति नै छाड्छु भन्नेहरुमाथि पनि उनले प्रश्न उठाए । उनले अरुले राजनीति नछाडे पनि आफू सहकारी ठग पुष्टि भएको भए राजनीति छोडिदिन तयार भएर बसेको पनि उनले बताए ।  गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको बयानबाट रवि लामिछानेलाई पक्राउ गर्न सकिन्छ कि भन्ने प्रयास भइरहेको पनि उनले बताए । आफू गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय आएको पनि उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर