स्पेनिस ला लिगा : मार्लोका विजयी

काठमाडौं ।  स्पेनिस ला लिगा फुटबलमा मार्लोकाले रियल वेटिसलाई हराएको छ । रियल वेटिसको घरेलु मैदान वेटिनो भिल्लामारिनमा गएराति भएको खेलमा मार्लोका २–१ ले विजयी भएको हो ।

मार्लोकाको जीतमा खेलको ८ औँ मिनेटमा ड्यानी रोड्रिग्युजले र इन्जुरी समयमा भ्यालेरी फर्नानडेजले गोल गरे । रियल वेटिसका गियोधानी लो चेल्सोले खेलको ७ औँ मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । तर रियलले अग्रता जोगाउन सकेन । ला लिगामा १८ अङ्कका साथ बार्सिलोना शीर्ष स्थानमा छ । मार्लोका पाँचौँ र रियल वेटिस ११ औँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर