संविधान संशोधन कांग्रेस र एमालेको कथामात्रै : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको कथामात्रै बनाएको टिप्पणी गरेका छन् । संविधान निगरानी समूह र आईएसएसआरको संयुक्त आयोजनामा आज सोमबार आयोजित ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक अन्तरसंवाद कार्यक्रममा  उनले कांग्रेस–एमालेको ऐजेन्डा संविधान संशोधन नभएर अर्कै रहेको बताए ।

‘एमाले वा कांग्रेसले पनि संविधान संशोधन गर्नुपर्‍यो भनेर छलफल गरेको थिएन । उहाँहरुलाई चाहिएको सरकार थियो । माओवादी केन्द्र नेतृत्वको सरकारलाई कुनै पनि हालतमा हटाउनै पर्ने भयो भन्ने निष्कर्षमा उहाँहरु पुग्नुभयो र त्यतिबेला उहाँहरुले संविधान संशोधन कथा बनाउनुभयो । संविधान संशोधन उहाँहरुको एजेण्डा होईन, अर्कै एजेण्डा हो’, उनले भने ।

यदि उहाँहरुले संविधान संशोधन गर्नुथियो र यो संविधान बिस्तृत शान्ति सम्झौताको अंगको रुपमा रहेको छ भने शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग संविधान संशोधनबारे छलफल र बहस गर्न हुँदैन थियो र ?’ प्रश्न गर्दै उनले भने, ‘सहमति गरौं, यो विषय जानुपर्‍यो, राजनीतिक स्थायित्वको लागि चाहियो भनेर दुई चार दिनअघि जतिबेलासम्म म प्रधानमन्त्री थिएँ, प्रधानमन्त्रीसँग छलफल गर्न हुँदैन थियो र ? उहाँहरुले लुकाएर गर्नुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर