सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन ठुला ‘हेभी’ भिडन्त हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन ठुलो ‘हेभी’ भिडन्त हुँदैछ । च्यासल मैदानमा दिउँसो ३ बजे मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लब भिड्नेछन् । सोही समय दशरथ रंगशालामा चर्च ब्वाईज र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

उपाधि होडमा प्रतिस्पर्धा गरिरहेका मछिन्द्र र एपी पावर चर्च ब्वाईजलाई शनिबारको खेल महत्वपुर्ण छ । त्रिभुवन आर्मी क्लबलाई हराउँदै शीर्ष स्थानमा उक्लिने र तीन अंकको अग्रता लिने अवसर चर्च ब्वाईजलाई छ ।

यदी उपाधि होडमा फर्किने हो भने मछिन्द्रलाई थ्री स्टारविरुद्ध जित निकाल्नुपर्ने दबाब छ । चर्च ३० अंक सहित तालिकाको दोस्रो स्थानमा छ । समान अंक रहेको जावलाखेल युथ क्लब हेड टू हेडका आधारमा शीर्ष स्थानमा छ ।

मछिन्द्र २४ अंक सहित तालिकाको चौथों स्थानमा छ । यस सिजन खासै महत्वकाक्षी नरहेका थ्री स्टार र आर्मी भने विपक्षीविरुद्ध जित निकाल्दै अंक तालिकामा सुधार गर्ने प्रयासमा यथावत रहनेछन् ।

दोस्रो लेगको चौथों चरणको अन्तिम खेलमा दशरथ रंगशालामा साँझ ६ बजे रोयल ब्लु सातदोबाटा र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै टिमलाई शीर्ष स्थानको जावलाखेलसँग अंक दुरी घटाउने अवसर प्राप्त छ ।

सातदोबाटो २३ अंक सहित पाँचौं र एपीएफ २२ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर