सुन तोलामा चार सय रुपैयाँ वृद्धि भई नयाँ रेकर्ड कायम

काठमाडौं । आज सोमबार छापावाल सुन प्रतितोला चार सय रुपैयाँँ वृद्धि भएर नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो आइतबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर