राम्रा खेलाडी युनाईटेड आउन चाहन्छन् , प्रशिक्षक हग

काठमाडौं । म्यानचेस्टर युनाईटेडका प्रशिक्षक इरिक टेन हगले क्षमतावान राम्रा खेलाडी युनाईटेड आउन चाहेको बताएका छन् । क्लबको स्वामित्वको विषय अनिश्चित बनिरहेको समय प्रशिक्षक हगले यस समरमा राम्रा खेलाडी क्लबमा आउन आतुर रहेको खुलाए ।

उनले गत सिजनको अन्तिममा खेलाडीलाई मनाउन गाह्रो रहेको अवस्था समेत खुलाए ।

‘गत वर्षको तुलनामा धेरै फरक पाएको छु ।’ हगले भनेका छन्, ‘अहिले धेरै खेलाडीले हाम्रो योजना देखेका छन् । के अघि बढिरहेको छ, गतिशिलता र महत्वकांक्षा ।’

गत समरमा मिडफिल्डर क्यासमिरोले रियल मड्रिड छाडेर ७० मिलियन पाउण्डमा युनाईटेड आएका थिए । गत समरमा मिडफिल्डर क्रिस्टियन इरिक्सन, फरवार्ड एन्टोनी र डिफेन्डर लियोनार्दो मार्टिनेज र टिरेल मालासिया पनि जोडिए ।

नेदरल्याण्डका फरवार्ड कोडी गक्पो समेत पीएसवी इन्दोभेनबाट युनाईटेडसँग जोडिएका छन् । उनी गत डिसेम्बरमा लिभरपुलसँग अनुबन्धको नजिक थिए ।

‘गत वर्ष धेरै शर्तहरु थिए । जब खेलाडीलाई प्रस्ताव गर्दथ्यौ, धेरै शंका थिए । तर यस वर्ष धेरै राम्रा खेलाडी क्लबमा आउन चाहन्छन् ।’ उनले भने । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर