सुर्यको शतकमा मुम्बईले गुजरातलाई हरायो

काठमाडौं । सुर्यकुमार यादवको सानदार शतकीय इनिङ्सको सहयोगमा इन्डियन प्रिमियर लिग(आइपीएल)मा मुम्बई इन्डियन्सले गुजरात टाईटन्सलाई पराजित गरेको छ ।

घरेलु मैदान वांनखडेमा आइपीएल २०२३ को ५७ औं खेलमा मुम्बईले २७ रनको जित दर्ता गरेको हो ।

मुम्बईले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९१ रन मात्र बनायो ।

गुजरातका लागि राशिद खानले ३२ बलमा ३ चौका र १० छक्काको सहयोगमा ७९ रनको अर्धशतकीय ईनिङ्स खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।

डेबिड मिलरले २६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४१ रन बनाए । विजय शंकरले २९ तथा राहुल तिवातियाले १४ रन बनाए ।

गुजरातका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मुम्बईका लागि अकाश मधवालले ३ तथा कुमार कार्तिक्य र पीयुष चावलाले समान २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो बलिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो।

मुम्बईका लागि शुर्यकुमार यादवले ईनिङ्सको ४९ बलमा ११ चौका तथा ६ छक्काको सहयोगमा १ सय ३ रनको शतकीय ईनिङ्स खेले ।

पहिलो आइपीएल शतक बनाएका सुर्याले ईनिङ्सको अन्तिम बलमा छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।

सुरुआत राम्रो रहेको मुम्बईका ओपनरद्वय रोहित शर्मा र इशान किशनले पहिलो विकेटका लागि ३७ बलमा ६१ रनको साझेदारी गरेका थिए ।

कप्तान शर्माले १८ बलमा ३ चौका र २ छक्काको सहयोगमा २९ रन बनाए । इशानले २० बलमा ४ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाएका थिए ।

नेहाल वाधेराले ७ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाए । चौथो विकेटका लागि सुर्याले विष्णु विनोदसँग मिलेर ६५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

विनोदले २० बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए ।

राशिद खानले गुजरातका लागि ४ ओभरमा ३० रन खर्चिएर ४ विकेट लिए ।

जितसँगै मुम्बईको बाह्र खेलमा सात जित तथा पाँच हारका साथ चौध अंक सहित १० टोली सहभागी लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

गुजरात भने १२ खेलमा ८ जित र ४ हार सहित १६ अंकका साथमा अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर