बारामा करेन्ट लगाएर जंगली हात्ती मारियो

काठमाडौं । बाराको कोल्हबी नगरपालिकावडा नं-२ मा जंगली हात्ती करेन्ट लगाएर मारिएको अवस्थामा फेला परेको छ । करिब १५ बर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताए ।

हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा छ । स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मरेको अवस्थामा फेला परेको हो । २०८० फागुनमा सोही स्थानमा करिब तीन बर्षको पोथी बाघसमेत मृत अवस्थामा फेला परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर