प्रधानमन्त्री ओली र मोदीबिच भोलि भेटवार्ता हुने तय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता तय भएको छ । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता तय भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

यसअघि मोदीसँग ओलीको भेट अनिश्चित् भएको बताएको थियो । तर, परराष्ट्र मन्त्रालयका अधिकारीले भने दुई प्रधानमन्त्रीबीच भेटवार्ताको लागि प्रयास भने जारी राखेका थिए । भारतीय पक्षले मोदीको कार्यव्यस्तता देखाउँदै तत्काल भेटवार्ता असम्भव भन्ने जवाफ दिएको थियो । तर, दुवै देशका अधिकारीको अथक् प्रयासको कारण दुई प्रधानमन्त्रीबीच भोलि (आइतबार) भेटवार्ता तय भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर