“आरजु राणा सिंगापुर होइन् नेपालमै हुनुहुन्छ”

काठमाडौं । नेपालमा एउटा कहावत प्रचलनमा छ, त्यो हो नेपाल हल्लै हल्लाको देश हो । यहाँ कामभन्दा हल्ला धेरै हुन्छ । यसको पक्षपोषण गर्न सरकारदेखि जनता पनि सहायक बन्छन्, यदाकदा । यस्तै हल्लाको परिवेशको शिकार भएकी छन् । नेपाली कांग्रेसकी नेत्री डा. आरजु देउवा राणा ।

जुन दिनदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको शृंखला चल्यो त्यहाँबाट उनी तानिएकी हुन् । उनको र हाल अभियुक्त भएका बालकृष्ण खाँणको उक्त मामिलामा एउटा अडियो टेप सार्वजनिक भयो । यद्यपि, आरजुले त्यो टेप फेक (कीर्ते) भनी अस्वीकार मात्र गरिनन् । त्यसको सत्य, तथ्य जाँच गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदनसमेत दिएकी छन् । तर यसबीचमै नेपालको राजनीतिक बजारमा हल्ला चल्न थाल्यो, आरजु भारत हुँदै सिंगापुर पुगिसकिन् । यो हल्लालाई बल पु-याउन युटु्बेहरू सक्रिय रहे । त्यसैमा अन्य पनि लाग्न थाल्यो । आखिरमा आएर देउवा दम्पत्तीले यो हल्लाभित्रको राज खोल्न वाध्य भयो र उनीहरूका सहयोगी भानु देउवाले भने, ‘‘उहाँ काठमाडौंमै हुनुहुन्छ, सामाजिक सञ्जालमा चलाएका हल्ला निराधार हुन‍्।’’

यो सबैलाई थाहा भएकै कुराको हो कि डा. आरजु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी हुन् । त्यत्रि मात्र कहाँ हो र उनी नेपाली कांग्रेसको समानुपातिक सांसद पनि हुन् । स्वकीय सचिव देउवाले भने, “उहाँ हिजो कांग्रेस नेता अजय चौरसियाको छोराको विवाह समारोहमा भाग लिन वीरगञ्ज जानु भएको थियो, त्यसपछि हिजै हेटौंडामा एउटा मार्टको उद्घाटन र महिला सशक्तिकरणका लागि प्रदेश सरकारको भूमिका विषय अन्तरक्रियामा सहभागी भई काठमाडौं फर्कनु भएको छ ।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर