अस्ट्रेलियाको एक दिवसीय सिरिजमा विजयी सुरुवात

काठमाडौं । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको जारी एक दिवसीय सिरिजमा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ७ विकेटले पराजित गरेर सिरिजमा विजयी सुरुवात गरेको हो । इङल्याण्डले दिएको ३१६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

अस्ट्रेलियाको जितमा ट्राभिस हेडले अविजित १५४ रन बनाएका थिए । हेडले १२९ बल खेल्दै १५४ रन बनाएका थिए । त्यस्तै मार्नस लाबुस्चांगेले अविजित ७७ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको इङल्याण्डले ४९.४ ओभरमा अल आउट हुदै ३१५ रन बनाएको थियो । इङल्याण्डका लागि बेन डकेटले सर्वाधिक ९५ रन बनाएका थिए भने विल ज्याकले ६२ रन बनाएका थिए । यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल शनिबार खेल्ने तालिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर