सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन पारित गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै पारित गरेको हो । प्रतिवेदन कार्यान्वयन गर्न विभिन्न मन्त्रालयमा पठाउन निर्णय भएको सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनले भने, ‘संसदमा प्रस्तुत भएको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिन प्रतिवेदन, २०८१ सभामुखज्यूले कार्यान्वयनको लागि मन्त्रिपरिषदमा पठाउनु भएको थियो । आजको मन्त्रिपरिषद्को बैठकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन प्रतिवेदन, २०८१ कार्यान्वयनको लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय भएको छ ।’ उनले समिति संयोजकले संसदमा प्रस्तुत गरेको समितिको प्रतिवेदन र कारबाहीको सिफारिसअनुसार सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर