राजेन्द्र लिङदेनको चुनौती : “सके पक्रेर देखाओस्”

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई पक्रेर देखाउन कांग्रेस र एमालेको सरकारलाई चुनौती दिएका छन् । पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई आज बुधबार जिम्मेवारी पत्र दिने कार्यक्रममा उनले आफूलाई पक्राउ गर्न खोजिएको खुलासा गर्दै उनले सके पक्राउ गरेर देखाउन चुनौती दिएका हुन् । संविधानको विरोध गरेको आरोपमा सरकारी पक्षले लिङदेनलाई पक्राउ गर्न खोजेको अनुमान लगाएका हुन् ।

उनीहरुले यस बर्ष भोलि बिहीबार पनि कालो दिवसको रुपमा मनाउँदै छन् । राप्रपासहित राजसंस्था पक्षधर, हिन्दूवादी र मधेसी दलहरुले अहिलेको संविधानको आलोचना गर्दै संविधान दिवसलाई कालोदिवसको रुपमा मनाउँदै आएका छन् ।

लिङ्देनले भने, “भोलि संविधान दिवस छ । संविधानविरोधी पार्टीका नेताहरुलाई सरकारले नोटिसमा राखेको छ रे । त्यसमा राजेन्द्र लिङ्देन पनि छ म केपी ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको संघीयता, धर्म निरपेक्षताको विरोधी हो राजेन्द्र लिङ्देन । त्यसको विरोध गर्छ । विपक्षमा छ । सके पक्रेर देखाओस् । हामीले कुनै अराजकतामा भविष्य खोजेका छैनौं। त्यसैले हामीले संयमितता अपनाइरहेका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर