दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतका अनुसार विद्युतीय कारोबार कसूरअन्तर्गत प्रसाईंसहित तीन जनाविरुद्ध बुधवार पक्राउ पुर्जी जारी भएको हो । न्यायाधीश महेन्द्रराज काफ्लेको इजलाशले पक्राउ अनुमति दिएकाे स्रेस्तेदार रामु शर्माले जानकारी दिए। प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको हो।
प्रतिक्रिया