आजदेखि पितृ पक्ष एवं सोह्र श्राद्ध आरम्भ

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ । पशुपतिनाथस्थित आर्यघाट, गोकर्णलगायत विभिन्न स्थानविशेष पवित्र घाटमा श्रद्धालुहरू श्राद्धकर्म प्रारम्भ गरेका छन् ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मान, भक्ति र श्रद्धाका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । यो समयलाई अपर पक्ष, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । पशुपतिनाथ मन्दिर परिसरको आर्यघाट किनारमा सोह्र श्राद्ध गर्नेहरुको घुइँचो लागेको छ ।

चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो । सोह्र श्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर