अतिशी दिल्लीको मुख्यमन्त्री बन्ने

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेपछि नयाँ मुख्यमन्त्रीमा वर्तमान मन्त्री अतिशीको नाम प्रस्ताव गरिएको छ ।

आम आदमी पार्टीका नेता मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले मुख्यमन्त्रीका रूपमा काम नगर्न आदेश दिएपछि उनले राजीनामा दिने घोषणा गरेका थिए । केजरीवालले पार्टीको संसदीय दलको बैठकमा नयाँ मुख्यमन्त्रीका रूपमा अतिशीको नाम प्रस्ताव गरेका हुन् ।
भ्रष्टाचारको आरोपमा करिब ६ महिना जेलमा बसेपछि सर्वोच्च अदालतले केजरीवाललाई गत शुक्रबार धरौटीमा रिहा गरेको थियो । नयाँदिल्लीमा अब निर्वाचन घोषणा नभएसम्म अतिशीले अन्तरिम मुख्यमन्त्रीका रूपमा काम गर्नेछन् । सुष्मा स्वराज र शिला दीक्षितपछि अतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर