प्रतिवेदनले भन्छ : रवि लामिछाने उम्किने ठाउँनै छैन

(रास्वपाका सभापति रवि लामिछानेको पछिल्लो छवि)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय सहकारी रकम अपचलनसम्बन्धी विशेष समितिले आफूलाई दोषी नठहर्‍याएको आफू खुशी व्याख्या गरेता पनि समितिले दिएको प्रतिवेदनमा “सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानूनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिश गर्ने” भन्ने किटानका साथ उल्लेख भएकाले सभापति लामिछाने उम्किने ठाउँ कहीँ कतै भेटिँदैन् । सभापति लामिछानेले ने–जस्तो व्याख्या गरेता पनि संसदीय समितिको प्रतिवेदनले उनलाई दोषी, दागी करार गरेको कुनै शंका–आशंका गर्ने ठाउँ छैन भन्ने अधिकांश सांससदहरूको भनाइ रहेको छ ।
आज प्रतिनिधिसभामा पेश भएको प्रतिवेदनमा प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालीको खातामा आइसकेपछि रकम खर्च गर्नेगराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिश गर्ने ।’

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले आज प्रतिनिधिसभामा पेश गरेको ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१’ ले विभिन्न सहकारीको रकम गैरकानूनी ढङ्गबाट गोर्खा मिडियामा ल्याउने काममा रवि लामिछानेको समेत संलग्नता देखिएकाले कारबाही गर्न सरकारलाई सिफारिश गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर