सहकारी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा छानबिन समितिका सभापति सूर्य थापाले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१ पेश गरेका थिए। बैठकमा प्रतिवेदन पेश भएपछि सभामुख देवराज घिमिरेले प्रतिवेदनको आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिएका थिए । उनले भने ‘सभामा प्रस्तुत सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन म सचिवालयलाई निर्देश गर्दछु।’

रवि लामिछानेको दाबी हास्यास्पद : डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी ठगी सम्बन्धमा क्लिन चिट पाएँ भन्ने रास्वपा सभापति रवि लामिछानेको दाबी हास्यास्पद रहेको बताएका छन् । गोर्खा मिडिया नेटवर्कको सञ्चालन नै सहकारीको पैसाबाट भएको समितिको प्रतिवेदनले देखाएको अवस्थामा रविले आफूलाई निर्दोष भनेर दाबी गर्नु अनुचित रहेको महतको भनाइ छ ।
‘समितिको प्रतिवेदन कार्यार्थ सरकारलाई निर्देशन दिइसकेको अवस्थामा कसरी क्लिन चिट पाउनुभयो, थाहा छैन । समितिको संक्षिप्त प्रतिवेदनमा सहकारीको ८५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको छ, अन्य कहीँबाट लिएको छैन भनेपछि गोर्खा मिडियाको सीईओ जिम्मेवार हुँदैन रु’ महतले प्रश्न गरे ।
‘उहाँ स्वयंले म सहकारीको सदस्य होइन भन्नुभएको छ । गोर्खा मिडिया सञ्चालन, उहाँको तलब भत्ता सहकारीको पैसाबाट रहेको छ । जिम्मेवारीको तहमा रहँदा पैसा आएको छ । लिनै नमिल्ने पैसा लिएर सञ्चालन गर्नुभएको छ । अझै दोषी होइनौं भनेर निर्धक्कसँग भन्ने कुरा हास्यास्पद छ,’ महतले भने । प्रतिवेदनले सहकारीको पैसा गैरकानूनी रूपले गोर्खा मिडियामा आएको र त्यसको परिचालनमा लामिछानेको संलग्नता देखिएको निष्कर्षसहितको प्रतिवेदन पेश गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर