सोमबार पनि ५७.०३ अंकले नेप्से ओरालो झर्‍यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार पनि ५०.७३ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि उच्च अंकले घटेर बन्द भएको छ । आज ५७.०३ अंकले घटेर नेप्से २५८०.७६ बिन्दुमा झरेको हो । नेप्से घटे पनि यसदिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । हिमालय हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

आज गुडविल फाइनान्सका लगानीकर्ताले सर्वाधिक ९.९१ प्रतिशत गुमाएका छन् भने थ्रिस्टार हाइड्रोपावरको ९.३६, नेपाल फाइनान्सको ८.४२ र स्वाबलम्बी लघुवित्त वित्तीय संस्थाको ८.२८ प्रतिशतले शेयरमूल्य ‌ओरालो लागेको छ । कारोबारका हिसाबले आज सबैभन्दा बढी सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर सबैभन्दा बढी ३१ करोड ११ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ । आज कारोबार रकम पनि घटेको छ । यसदिन ७ अर्ब ३६ करोड रुपैयाँको १ करोड ७० लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर