सहकारी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन पेस भएको छ । बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गरेका हुन् ।

प्रतिवेदन पेस गर्दै थापाले छानविनको क्रममा ६६ पटक बैठक बसेको जानकारी दिए । सहकारी ठगी गरेर फरार रहेका २९ जनालाई सोधपुछ गर्न खोजी गरि समिति समक्ष उपस्थित गराउन समेत समितिले सरकारलाई निर्देशन दिएको थियो । उनले सहकारीको रकम अपचलन गरेर २९ जना फरार भएकोसमेत जानकारी गराए ।

उनले भने, ‘जीबी राईसहित २९ जना फरार व्यक्ति भेटिएन । सरकारलाई खोज्न भनेका थियौँ । ५५ जनासँग सोधपुछ गरेका छौँ । समितिले विभिन्न सरोकार वालासँग पनि छलफल गरेको छ ।’ उनले सहकारीको समस्यालाई गम्भीर रूपमा अध्ययन गरेको बताए । उनले बचत तथा ऋणको कारोबार भएको सहकारीमा सबैभन्दा बढी समस्या भएको बताए ।

थापाले समितिले ४५१ जनासँग छलफल गरेको जानकारी गराए । १४ वटा बैठकमा आरोपित ४७ जना र गोर्खा मिडियाका ५५ जनासँग छलफल गरेको उनले सुनाए । समितिले ४० वटा सहकारी संस्थाको सहकारी अपचलनको विश्लेषणात्मक अध्ययन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर