इमरान खानको अदालतमा अरण्यरोदन, “जजसाहेब मलाई रेन्जर्सले बेहोस नहुँदासम्म कुटपिट गरे”

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सर्वोच्च अदालतसमक्ष अरण्यरोदन गर्दै भने, “जजसाहेब मलाई रेन्जर्स फोर्स (अद्र्धसैनिक बल) का जवानहरूले लाठी र डन्डाले पिटे । उच्च अदालतबाट मलाई लाँदा गर्दनमा हात राखेर पछाडिबाट घुस्सा मार्दै तात्तीले हान्दै लगे, न्याय पाउँ जजसाहेब ।” इमरानले जुनबेला रोदन गर्दै थिए, त्यतिबेला पाकिस्तानको सर्वोच्च अदालतले उनलाई रिहा गर्ने आदेश जारी गरिसकेको थियो ।
सर्वोच्च अदालतले इमरान खानलाई भने, मुलुकमा चलिरहेको हिंसा बन्द गर्नूस् । र तत्कालै इमरानले अदालतका न्यायमूर्तिसमक्ष कबुल गरे कि म दुई दिनभित्र हिंसा रोक्न म मेरा समर्थकहरूलाई अपिल गर्दछु । सोही क्रममा इमरानले अदालतमा भने, ‘रेन्जर्सले म बेहोस नहुँदासम्म  कुटपिट गरिएको थियो ।

पाकिस्तानको सर्वोच्च अदालतले अल(कादिर ट्रस्ट घोटाला प्रकरणमा उनको गिरफ्तारी गैरकानूनी भन्दै पीटीआई प्रमुख इमरानलाई तत्काल रिहा गर्न आदेश दिएको थियो । । अदालतले इमरानलाई आफ्ना समर्थकहरूलाई हिंसामा संलग्न हुनबाट रोक्न भन्यो। त्यसमा इमरानले भने, ‘रेन्जरहरूले मलाई बेहोस नभएसम्म कुटपिट गरे । हामी दंगा होइन, चुनाव चाहन्छौं।”

खानका वकिल हमिद खानले सर्वोच्च अदालतको बेन्चलाई पूर्वप्रधानमन्त्रीले पूर्वगिरफ्तारी जमानतको निवेदन दिएका थिए, तर सुनुवाइ अघि अर्धसैनिक रेंजर्सले उनलाई पक्राउ गरेको थियो। यसमाथि इजलासले भने, यदि कोही अदालतमा आएमा उसले एक प्रकारले अदालतमा आत्मसमर्पण गरिरहेको छ, यस्तो अवस्थामा अदालतको आदेशविना उसको पक्राउ गैरकानुनी हो ।

अदालतले यसरी भोलि अदालतबाट कसैलाई भीड आएर लैजान्छ भने अदालतको गरिमा के रहला रु बेञ्चले इमरानलाई पक्राउ गर्ने हो भने अदालतको अनुमति लिनुपर्ने बताएको छ । सुनुवाइका क्रममा इमरानले आफूलाई अदालतबाट पक्राउ नगरेको, अपहरण गरी लाठीले कुटेको बताए । खानलाई आज उच्च अदालतमा पेश गरिँदैछ । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर