संसद्को चालु वर्षे अधिवेशन अन्त्य

काठमाडौं । संसद्को चालु अधिवेशन अन्त्यको भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ ।
मन्त्रिपरिषद्को भदौ ३० गतेको सिफारिसअनुसार संसद्का दुवै सदनको चालु अधिवेशन आज सोमबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सङ्घीय संसद्को चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो ।
प्रतिक्रिया