बारामा रात्रीबस दुर्घटना : ४३ जना घाइते

काठमाडौं । बाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा आज बिहान बस पल्टिएर दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । सो दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका छन् । गएराति एक बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नं. को बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खस्दा बसमा सवार सबै घाइते भएका हुन् । घाइतेहरुको स्थानीय सामुदायिक प्रसूति गृह अस्पताल र सिटी अस्पताल निजगढमा उपचार भइरहेको छ ।

सामुदायिक प्रसूति गृह अस्पताल निजगढ बारामा ३४ जनामध्ये गम्भीर ६ जना र सिटी अस्पताल निजगढ बारामा गम्भीर दुई जनासहित नौ जनाको उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुश्वाहाले जानकारी दिएको छ । बसको अगाडिको पट्दा भाँचिदा दुर्घटना भएको बताइएको छ ।

त्यसैगरी हिजो राति भएको अर्को एक सवारी दुर्घटनामा मोटरसाइकल चालक सर्लाही धनकौल २ बस्ने वर्ष ३७ को दिनेश साहको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा मृत्यु भएको छ । निजगढ-८ पूर्व-पश्चिम राजमार्गस्थित तामागढी गेट नजिक चन्द्रनिगाहर पुबाट पथलैयातर्फ जाँदै गरेको बा ६३ प ७३३० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा साहको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने वर्ष ४६ को किशोरी साहको बयोधा अस्पताल वीगञ्जमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर