माओवादीको संसद् अवरोधदेखि त्रसित सरकार अधिवेशन अन्त्य गर्दै

काठमाडौं ।  माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि सरकारले जारी संसद अधिवेशन अन्य गर्ने निर्णय गरेको छ।  आज बसेको मन्त्रीपरिषद वैठकले उक्त निर्णय गरेको हो । भोलि अन्तिम बैठक बसेपछि राति १२ बजेबाट अधिवेशन अन्त्य हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

राष्ट्रियसभामा जनयुद्ध जिन्दावादको नारा

माओवादी सशस्त्र जनयुद्धलाई अपमान गर्नेगरी ‘माओवादी हिंसा’ भनिएकोमा आपत्ति जनाउँदै माओवादी सांसद रेणु चन्दले ‘महान जनयुद्ध – जिन्दावाद’ भन्दै नारा लगाएकी राष्ट्रियसभाको रोष्ट्रमबाटै नारा लगाएकी छन् । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा उनले  विशेष समयमा बोल्ने क्रममा  प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीका नेताहरूले योजनाबद्ध रूपमा माओवादी आन्दोलनलाई बदनाम गर्ने काम गरेको आरोप पनि लगाइन् ।

‘हिंसा कसले गर्‍यो ? जनप्रतिनिधिले टेबल ठटाएर संकटकाल लगाउनु हिंसा गरेको हो कि जनसेवा गरेको हो ? । आन्दोलनमा लागेका मान्छेको टाउकाको मोल तोक्ने हिंसा हो,’ चन्दले भनिन्, ‘जनयुद्ध महान थियो र रहिरहने छ । महान जनयुद्ध – जिन्दावाद ।’

सूचना टाँस गरेर प्रतिनिधिसभाको  बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रले ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि बैठक स्थगित गरिएको हो । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ः१५ बजेका लागि सारिएको थियो । उक्त समयसम्म पनि सहमति नजुटेपछि बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ । आज बैठकै बस्दै नबसी सूचना टाँस गरेर स्थगित गरिएकाे हाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर