सवारी दुर्घटनामा एक सैनिकको मृत्यु

काठमाडौं ।  गोरखामा भएको सवारी दुर्घटनामा एक सैनिकको मृत्यु भएको छ । उक्त दुर्घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरामा शनिवार टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा रिपुमर्दन गण गोरखामा कार्यरत इलाम जिल्ला देउमाई गाउँपालिका–२ का लेसनायक को २५ वर्षीय सुरेन्द्र राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग१क ५६५४ नम्बरको टिपर र विपरीत दिशातर्फबाट आइरहेको बा७०प २८७१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा सोही गणमा कार्यरत नेपाली सेनाका लेसनायक सङ्खुवासभा नगरपालिका–३ खपाङका २४ वर्षीय जनम राई गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । उनलाई उपचारका लागि काठमाडौं लगिएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर