रियल सोसिडाडमाथि रियल मड्रिडकाे संर्घषपूर्ण जित

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडमाथि संर्घषपूर्ण जित निकालेको छ। रियल एरिनामा भएको खेलमा रियलले रियल सोसिडाडलाई २–० गोल अन्तरले पराजित गरेको हो।  दुवै गोल पेनाल्टीमा मात्र सम्भव भए।

खेलको पहिलो हाफमा गोलका लागि संघर्ष गरेको रियलले दोस्रो हाफमा पेनाल्टी अवसरलाई खेर जान दिएन।खेलको ५८ औँ मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। ७५ औँ मिनेटमा केलियन एमबाप्पेले पनि पेनाल्टीमा नै गोल गर्दै अग्रता दोब्बर पारे।

जितसँगै रियल अंक तालिकाको दोस्रो स्थानमा छ। लिगको पाँच खेलमा ३ खेलमा जित र दुई खेलमा हार भोगेको रियल ११ अंकमा दोस्रो स्थानमा छ। समान खेल र समान अंकबाट भिल्ला रियल तेस्रो स्थानमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर