चहल चम्कदा राजस्थानलाई १५० रनको लक्ष्य

काठमाडौं । राजस्थान रोयल्सका स्पिनर युजभेन्द्र चहलले महत्वपूर्ण ४ विकेट लिए पछि कोलकत्ता नाईट राईडर्सले भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल) मा १ सय ५० रनको लक्ष्य पाएको छ ।

आइपीएल २०२३ को ५६ औं खेलमा कोलकत्ता नाईट राइडर्सले १ सय ४९ रन बनाएको थियो ।

घरेलु मैदान इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनायो ।

कोलकत्ताका लागि वेंकटेस अय्यरले ४२ बलमा २ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेले ।

५ औं ओभरमा दुवै ओपनर गुमाएको कोलकत्ताका लागि तेस्रो विकेटका लागि कप्तान नितिश राणा र वेंकटेस अय्यरले ३७ बलमा ४८ रनको साझेदारी गरेका थिए । कप्तान राणाले १७ बलमा २ चौकाको सहयोगमा २२ रन बनाए ।

ओपनर रमिउल्लाह गुर्वाजले १८ रन बनाउँदा अर्का ओपनर जेसन रोयले १० रन बनाए । रिंकु सिंहले १८ बलमा १ छक्काको सहयोगमा १६ रन बनाए ।

राजस्थानका लागि युजभेन्द्र चहलले ४ ओभरमा २५ ओभरमा ४ विकेट लिए । ट्रेन्ट बोल्टले २ तथा सन्दीप शर्मा र केएम आसिफले समान १/१ विकेट लिए ।

कोलकत्ताले पछिल्लो खेलमा पन्जाब किंग्सलाई पराजित गरेको थियो । कोलकत्ता एघार खेलमा पाँच जित र छ हारका साथ छैटौं स्थानमा रहेको छ ।

आजको खेल जितेर कोलकत्ता प्लेअफ सम्भावना बलियो बनाउँन चाहन्छ ।

राजस्थानलाई पनि प्लेअफ सम्भावना बलियो बनाउन यस खेलमा जित आवश्यक रहेको छ । राजस्थान एघार खेलमा पाँच जित र छ हारका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

अघिल्लो खेलमा राजस्थान रोयल्स सनराइजर्स हैदराबादसँग पराजित भएको थियो । आजको खेलमा जित निकालेर दुवै टोली तेस्रो स्थानमा उक्लिन चाहन्छन् ।

यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकत्ता बलियो देखिएको छ । पाँच खेलमा तीन पटक कोलकत्ता तथा दुईमा राजस्थान विजयी भएका छन् ।

यो सिजन दुई टोली पहिलो पटक खेल्दै छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर