बालेनप्रति ओलीको आक्रोश : “अहिले कहाँ एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार आफ्नै पार्टीद्वारा आयोजित एक कार्यक्रममा एउटा केटोले मनपरी बोल्ने गरेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीको उक्त टिप्पणी को ? र कस्कापट्टी लक्षित थियो भनी कार्यक्रमका सहभागीबिच कानेखुसी चल्दा सो टिप्पणी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनसँग सम्बन्धित रहेको उनीहरूको बुझाइ थियो ।
नेकपा एमालेको स्थानीय तहमा जनसंगठन सुदृढीकरण कार्यशाला गोष्ठीमा बालेनको नामै नलिई उनले भने, “त्यो केटासँग जनमत रहेको र उनलाई चलाउन हुन्न भन्ने गरिएको छ । नचाहिने प्रचारलाई स्थापित हुन दिए साँच्चै स्थापित हुनेछ, यसमा सचेत रहनु जरुरी छ ।”

उनले भने, ‘अहिले कहाँ एउटा केटो निस्कियो। त्यसले मनपरी बोल्छ। त्यसलाई चाहिँ चलाउनु हुँदैन है, त्यसलाई चलाउनु हुँदैन, त्योसँग जनमत छ अरे, उसलाई नचलाए उसको कुरा स्थापित हुँदै जान्छ त्ससो हुन दिनुहुन्छ ? के तपाईं नचाहिने प्रचारहरु स्थापित हुँदै जान दिनुहुन्छ ? यदि दिनुहून्छ भने त्यो साँच्चै स्थापित हुन्छ।’

बोकेको बिरालोले मृग मार्न नसक्ने भन्दै त्यस्ता भ्रमबाट मुक्त हुनुपर्ने उनले बताए। ‘देखिसक्यौँ नि हामीले बोक्नेले त बोकेकै छ त। बोकेको बिरालोले मार्ने हो कि होइन तर बिरालो काँधमा बोक्या छ। यताबाट गोली हानेर मृग मार्‍यो भने बोकेका बिरालाले मृग मार्‍यो भनेर चलाइदिन्छन्। त्यसो भएर भ्रमबाट मुक्त हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर