बाढीले धनगढीमा सशस्त्र प्रहरीको भवन बगायो

धनगढी । अविरल वर्षासँगै आएको बाढीले कैलालीकाे धनगढीमा रहेकाे सशस्त्र प्रहरीका भवन बगाएको छ। शुक्रबार राति वर्षासँगै माेहना नदीमा आएकाे बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढीले एउटा २ काेठे र अर्को एक हल र एक काेठा रहेकाे दुई वटा भवन बगाएकाे हाे। शुक्रबार दिउसाे देखि नै बिओपी भवन कटान सुरु गरेपछि सामान अन्यत्र सारिएको थियाे। शुक्रबार राती र शनिवार बिहान गरि भवन पूर्णरुपमा बगाएको सशस्त्र प्रहरीले जनाएकाे छ।
प्रतिक्रिया