अल नासर बराबरीमा रोकिए

काठमाडौं ।  साउदी प्रो-लिगअन्तर्गत अल नासर बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा अल नासर अल अहलीसँग १-१ गोलले बराबरीमा रोकिएको हो । अल नासर अल अहलीका बासम मोहमद अल्हुरायजीको आत्मघाती गोलले हारबाट जोगिएको हो ।

उनले ९० मिनेटपछिको इन्जुरी समयमा आत्मघाती गोल गरेपछि अल नासर हारबाट जोगिएको थियो । त्यस्तै अल अहलीका लागि खेलको ५४औ मिनेटमा फ्र्यांक किस्सेले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । यो अल नासरको यस सिजनमा दोस्रो बराबरी हो । यो खेलपछि ३ खेलमा ५ अंक भएको छ । त्यस्तै अल अहलीको ३ खेलमा ४ अंक रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर