कांग्रेसले गर्न सकेन बालकृष्ण खाँणलाई निलम्बन

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणले विशेष स्थान पाएको छ । तर सो प्रकरणमा अभियुक्त बनेका आफ्ना केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई कारवाही गर्ने विषयमा केही पनि निर्णय भएन । कांग्रेसका सहमहामन्त्री जीवन परियारले भने, “एउटा कुरा म भन्न चाहन्छु, कुनै पनि अनुसन्धानको क्रममा कुनै पनि व्यक्तिलाई यो चाहिँ दोषी भन्न मिल्दैन, यो चाहिँ अभियुक्तको रुपमा हुन्छन्। यस विषयमा सरकारले निष्पक्ष र तटस्थ रुपमा छानबिन गर्नुपर्छ, निर्दोष पर्नु हुँदैन, दोषी छुट्नु हुँदैन।”

उनले पूर्वगृहमन्त्री खाँणले अनुसन्धानमा सघाउ पु¥याएको तर, एमालेका टोपबहादुर रायमाझी भने फरार रहेको विषय पनि जोडे।

यसैगरी उनले बिहीबार बसेको कांग्रेस पदाधिकारहरूको बैठकमा यो बजेट अधिवेशनको सन्दर्भ, विभिन्न प्रदेशमा सरकारले बजेट ल्याउने तयारी भएको छ। विशेषगरी कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सरकार चलिरहेको छ, यसका बारेमा पनि गम्भीर रुपमा छलफल भएको बताए ।
दुवै सदनबाट पारित भएर गएको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको भन्नुहुँदै उनले भने, “राष्ट्रपति कार्यालयमा नागरिकता विधेयक थन्केर बसेको छ। यस विषयमा पनि गम्भीर छलफल, केही दिन अगाडि प्रधानमन्त्री निवासमा महान्यायधीवक्ता, पूर्व महान्यायधीवक्ता र कानुनका विज्ञ राखेर प्रधानमन्त्रीले छलफल गर्नुभयो। राष्ट्रपतिले पनि केही विज्ञसँग परामर्श गरिरहनुभएको कुरा पनि आएको छ। नेपालको वर्तमान संविधानले नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपतिले सदनबाट पारित भएर गएका विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधनिक व्यवस्था छ।”

उनले राष्ट्रपतिलाई केही लागेको सन्दर्भमा राष्ट्रपतिले रायसहित सदनमा सो विधेयक फर्काउने व्यवस्था रहेको बताए । “त्यसकारणले दुवै सदनले पारित गरेको विधेयक किन प्रमाणीकरण गर्नुभएन। यसका लागि कसरी वातावरण तय गर्न सकिन्छ, राष्ट्रय सहमति गर्न सकिन्छ, सदनबाटै कुनै खालको पत्राचार गर्ने हो कि, या कसरी जाने हो भनेर विज्ञसँग परामर्श गर्ने कुरा चलेको छ”, उनले थपे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर