बागलुङमा पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । बागलुङ गलकोट नगरपालिका वडा नं. २ घुङखानीमा भएको दुर्घटनामागाउँपालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढामगरसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बागलुङमा डीएसपी विजय यादवले शव फेला परेको मध्ये एकजना गाउँपालिका उपाध्यक्षको भएको बताए । अन्य दुई जनाको सनाखत हुन सकेको छैन् । बाग्लुङको गलकोट नगरपालिका २ नरेठाटीको भुङ्खानीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

लोकमार्गमा रा १ झ २०० नं. को सरकारी पिकअप गाडी सडकदेखि झन्डै ३०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृत्यु हुनेमा २ जना महिला र एकजना पुरुष रहेका छन् । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेको उद्धार गरी उपचारका लागि धौलागिरी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर