भाकपा मार्क्सवादीका महासचिव सीताराम यँचुरीको निधन

काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यँचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ। भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार ७२ वर्षीय यँचुरीको बिहीबार दिउँसो नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स( मा निधन भएको हो।

भारतको कम्युनिस्ट पार्टीले सामाजिक सञ्जाल ट्विटर (एक्स) मा यँचुरीप्रति आफ्नै शैलीमा श्रद्धाञ्जली अर्पण गरेको छ। कम्युनिस्ट पार्टीले लेखेको छ, ‘हाम्रो प्रिय कमरेड महासचिव सीताराम यँचुरीको आज एम्स अस्पतालमा निधन भएको छ। लाल सलाम कमरेड सीताराम यँचुरी।’ श्वासप्रश्वास नलीमा गम्भीर सङ्क्रमण देखिएपछि उनलाई अस्पतालको आइसियुमा राखिएको थियो। भारतको राज्यसभामा सन् २००५ देखि २०१७ सम्म सांसद बनेका नेता यँचुरीले नेपाल र भारतको सम्बन्धलाई विशेष जोड दिएका थिए । यँचुरी सन् २०१५ देखि भारतको कम्युनिस्ट पार्टीको महासचिव थिए । उनी सन् १९५२ मा चेन्नईमा जन्मेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर