त्रिभुवन आर्मी फुटबल क्लबको जित

काठमाडौं ।  विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युवा क्लबलाई पराजित गर्दै महिला लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले बागमती युवा क्बलाई ३–० गोलले पराजित गर्दै विजयी भएको हो । जितसँगै चार खेलमा नौ अङ्क जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो खेलमा पराजित बागमती समान खेलबाट तीन अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ ।

यसअघि सङ्कटा क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको आर्मीले विभागीय प्रतिद्वन्द्वी एपिएफसँग भने हार ब्यहोरेको थियो । यसअघि सुदूरपश्चिमलाई हराएको बागमती, कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

आज आर्मीको जितमा विमला चौधरी र अमिशा कार्कीले समान एक गोल गरे भने एक गोल आत्मघाती भएको थियो । खेलको २६औँ मिनेटमा विमलाको गोलमार्फत आर्मीेले पहिलो अग्रता लियो । त्यस्तै खेलको ६१औँ मिनेटमा अमिशाले टोलीको अग्रता दोब्बर बनाइन् । खेलको ९०आँै मिनेटमा बागमतीकी सञ्जी थिङबाट आत्मघाती गोल भएसँगै आर्मीले बागमतीमाथि ३–० को सहज जित दर्ता ग-यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर