कञ्चनपुरको दोला नदीमा जल सतहले सतर्कता तह पार

काठमाडौं ।  कञ्चनपुर जिल्लामा रहेको दोला नदीमा जल सतहले सतर्कता तह पार गरेको छ । दोदा मछेली नदी जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदीका पानीको बहाव बढ्दो क्रममा रहेकोले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

दोदा नदी किनाराका बासिन्दाहरुला ई सतर्कता अपनाउन सूचना जारी गरिएको छ । हिजो रातिदेखि आएको अविरल वर्षासँगै यस दोदा नदीको पानीको बहाव बढेको हो । विगतदेखि नै ठुलो मात्रामा कटान र डुबान गर्दै आएको दोदा नदीले फेरी कटान गर्ने सन्त्रासमा यस क्षेत्रका बासिन्दा गरेका छन् । दोदा नदीले लाल झाडी गाउँपालिकामा ठुलो क्षति गर्दै आइरहेको छ ।

निरन्तर पानी परिरहेको भए पनि महाकाली, मोहनालगायतका नदीहरुमा भने जल सतह सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । निरन्तर वर्षा जारी रहेकोले नदिमा पानीको सतह बढने र किनाराका बस्तीमा क्षति पुर्‍याउन सक्ने जोखिम भने कायम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर