जिउँदो शहीद मुकेश कायस्थको अन्त्येष्टिक्रिया सम्पन्न

काठमाडौं । जन–आन्दोलन २०६२–०६३ का जिउँदो शहीद मुकेश कायस्थको बिहीबार बनेपास्थित उग्रतीर्थेश्वर घाटमा अन्त्येष्टि गरिएको छ ।
कायस्थको बुधबार साँझ निधन भएको थियो ।
कायस्थको नेवारी परम्पराअनुसार विधिपूर्वक दाहसंस्कार गरिएको हो। नेपाल प्रहरीको एक टुकडीले शोक धुन बजाई कायस्थको पार्थिव शरीरलाई बजार परिक्रमा गराइएको थियो।
जन–आन्दोलन २०६२–०६३ का क्रममा २०६२ चैत २७ गते बनेपाको तीनदोबाटोमा प्रहरीको गोली लागेर घाइते भएका कायस्थले १७ वर्ष एक महिना अर्धचेत अवस्थामा जीवन बिताएका थियो। वि.सं. २०४८ साल भदौ ९ गते जन्मिएका मुकेशलाई स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो।
प्रतिक्रिया