अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गए राति कालीकोटको शुभकालिका– १ को गगनेखोलामा आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर वर्षाका कारण समस्या भइरहेको छ । सडक अवरुद्ध भएसँगै सयौँ यात्रु अलपत्र परेका छन् । मनसुन सुरु भएदेखि हालसम्म यो सडक ४४ पटक अवरुद्ध भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर