चाडपर्वलक्षित ३० हजार मेट्रिक टन चिनी आयात गरिने

काठमाडौं । सरकारले चाडपर्वलक्षित ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको छ । सरकारले सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबाट ५० प्रतिशत भन्सार छुटको १५र१५ हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यही सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्ने निर्णय भएको हो । छुटको चिनी ल्याउने निर्णय बाहिर आउनेबित्तिकै साल्ट ट्रेडिङ कर्पोरेसनले खरिदका लागि टेन्डर आह्वान गर्ने तयारी थालेको जनाएको छ ।

कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले सरकारको निर्णय सार्वजानिक भएकाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीको मौखिक आदेश आइसकेकाले बुधबार टेन्डर गरेको जानकारी दिए । सरकार प्रक्रियाअनुसार पत्र बन्न समय लाग्ने हुँदा दसैँअगाडि नै चिनी ल्याउने निर्देशन आए अनुसार नै टेन्डर गरेको उनले बताए ।

राजभण्डारीका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गर्दा समय धेरै लाग्ने हुँदा छोटो अवधिको ११ दिनको सूचनामार्फत खरिद गर्ने गरी टेन्डर गरेको जानकारी दिए । ग्लोबल टेन्डरमा कम्तीमा ३० दिन लाग्छ त्यसैले अबको १६र१७ दिनभित्र चिनी आयात गर्ने सोचका साथ प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए । निजी व्यापारीले आयात गर्न नसकेपछि छुटमा आयात गर्न साल्ट र खाद्यलाई जिम्मा दिएको मन्त्रालयले जनाएको छ । हाल चिनी आयातमा ३० प्रतिशत भन्सार महसुल लाग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर