प्रचण्डका कारण संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । आज बुधबार साँझ ५ बजे बस्नेगरी बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । अर्को बैठक शुक्रबार बेलुका ५ बजेका लागि बोलाइएको छ ।
प्रतिपक्षी दलका नेता प्रचण्डले बैठकबारे आफूलाई ढिलो खबर भएको भन्दै बैठकमा उपस्थित हुन नसक्ने जनाएपछि बैठक पुनः शुक्रबारका लागि बोलाइएको छ । संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलको नेता र प्रतिनिधिसभाकै उपसभामुख सदस्य रहेको छ आजको बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्ने तयारी थियो ।
प्रधानन्यायाधीश सिफारिस गर्नेमा बैठकमा भने कानुनमन्त्रीको उपस्थिति रहने कानुनी व्यवस्था छ । संवैधानिक परिषद्को बैठक पर्सिसम्मका लागि स्थगित हुँदा सत्तारुढ दल कांग्रेस र एमालेले भने उपसभामुख इन्दिरा रानालाई उपसभामुखपदबाट राजीनामा दिन दवाब बढाउँदै लगेका छन् ।