आज २२.७३ अंकले घटेर शेयर बजार २६१०.२१ बिन्दुमा बन्द

काठमाडौं । साताको चौथो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक घटेको छ । आज २२.७३ अंकले घटेर शेयर बजार २६१०.२१ बिन्दुमा बन्द भएको छ । २६०२ बिन्दुसम्म झरेको नेप्से अन्तिम केही समयमा थोरै उकालो लागेको हो । अघिल्लो बुधबारदेखि घटिरहेको नेप्से निरन्तर ओरालो लाग्ने क्रममा छ । निरन्तर घटिरहेको शेयर बजार पछिल्ला ६ दिनमा मात्रै करिब २२० अर्थात् २१९.९७ अंकले घटेको छ । गत साताको बुधबार ९०.७३ र बिहीबार १२.१० अंकले घटेको पुँजीबजार यो साताका चारवटै कारोबार दिन घटेको छ । नेप्से आइतबार २५.४६ अंक, सोमबार ५५.८६ अंक र मंगलबार १३.०९ अंकले घटेको थियो ।

नेप्सेसँगै कारोबार रकम पनि निरन्तर घट्दो क्रममा रहेको छ । आज ६ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता शेयर खरिदबिक्री भएको छ । आज फाइनान्स, निर्जीवन बीमा र व्यापार उपसमूहबाहेक १० उपसमूहको शेयरमूल्य घटेको छ । विन लघुवित्तले सर्किट हान्दा थ्रिस्टार हाइड्रोपावरको ९.४८ प्रतिशतले शेयर बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर