काठमाडौंमा जारका पानीमा कोलिफर्म भेटियो

काठमाडौं । काठमाडौंमा वितरण हुने पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको छ । काठमाडौं महानगरपालिकाका अनुगमन निरीक्षक डा. अवधेश झाले अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको जानकारी दिनुभयो । मानव शरीरका लागि अत्यन्तै जोखिमयुक्त हुने ‘कोलिफर्म’ दिसाजन्य पदार्थ हो ।

निरीक्षक झाका अनुसार विभिन्न दस कम्पनीको जारका पानी परीक्षण गरिएकोमा एक्वा पिस, एक्वा टोखा र एक्वा त्रिदेव कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको हो । महानगरपालिकाले अनुगमनका क्रममा पानी सङ्कलन गरी परीक्षणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रयोगशालामा पठाएको थियो । परीक्षणका क्रममा पानीमा ‘कोलिफर्म’ देखिएको हो । पानीमा ‘कोलिफर्म’ को मात्रा शून्य हुनुपर्नेमा परीक्षण गरिएका जारका पानीमा प्रतिसय मिलिलिटरमा ३० देखि ८० फोकलसम्म कोलिफर्म भेटिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर