अर्जेन्टिनालाई कोलम्बियाले २-१ गोलले पराजित
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पराजित भएको छ। बुधबार बिहान सकिएको खेलमा अर्जेन्टिनालाई कोलम्बियाले २-१ गोलले पराजित गरेको हो। खेलको २५ मिनेटमा घरेलु टिमले अग्रता लियो। मास्क्योराले कोलम्बियालाई अग्रता दिलाएका थिए।
४८ मिनेटमा गोन्जालेजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए। तर ६० मिनेटमा कोलम्बियाले फेरि अग्रता लियो। उसका रोड्रिग्वेज पेनाल्टीमार्फत दोस्रो गोल गरेका हुन्। खेलमा अर्जेन्टिनाका नियमित कप्तान लिओनल मेसी अनुपस्थित थिए। घाइते भएका कारण मेसी टोलीमा छैनन्।
अंक तालिकामा अर्जेन्टिना शीर्ष स्थानमा छ। उसको आठ खेलबाट १८ अंक छ। अर्जेन्टिना आठमध्ये दोस्रो खेलमा पराजित भएको हो। कोलम्बिया आठ खेलबाट १६ अङ्क जोड्दै दोस्रो स्थानमा छ।
प्रतिक्रिया