कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीको प्रहरी हिराशतमा सत्याग्रह

काठमाडौं ।  कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सत्याग्रह सुरु गरेका छन्। उनले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्नुपर्ने, शैलाजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालनमा ल्याउनुपर्नेलगायत विभिन्न माग राखी सत्याग्रह सुरु गरेका हुन् । आफ्नो पालामा ल्याइएका जनपक्षीय कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै पूर्वमुख्यमन्त्री कार्कीले मंगलबारदेखि प्रदेशसभा भवनअगाडि सत्याग्रह सुरु गरेका हुन्।

कार्कीले सत्याग्रह सुरु गर्नुभन्दा एक घण्टापहिले जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घाेषणा गरेकाे थियाे । उनले सत्याग्रह सुरु गरेकाे स्थान पनि निषेधित क्षेत्रमा पर्छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार दिउँसो ३ बजेदेखि विराटनगरको प्रदेशसभा भवननजिकको देवकोटा चोकदेखि अस्पताल चोकसम्मको भागलाई निषेधित क्षेत्र तोकेको हाे ।

यसैबिच पछिल्लोे खबरअनुसार आफ्ना समर्थकहरूकाबिच सत्याग्रह सुरु गरेका कार्कीलाई केही घण्टापछि नै कोशी प्रहरीले नियन्त्रणमा लिएको खबर छ । कार्कीलाई नियन्त्रणमा लिँदा प्रहरी र उनका समर्थकहरूबिच धकेलाधकेल भएको छ । कार्की प्रहरी हिराशतमा रहे पनि उनले त्यहीं नै सत्याग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर