नेप्से परिसूचकको लगातार ओरालो यात्रा
काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । नेप्से क्रमशः तल झरेसँगै कारोबार रकम पनि घटिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.०९ अंकले घटेको हो । ०.४९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३२.९४ अंकमा ओर्लिएको छ । समग्रमा बजार घटे पनि ट्रेडिङ समूह ०.७९ प्रतिशतले उचालिएको छ ।
प्रतिक्रिया